प्रदेश नंं ५ को आ.व २०७४/७५को नीति तथा कार्यक्रम स्वीकृत 

राजनीति चैत्र २३ २०७४ ekhabarnepal
Baij

बुटवल चैत्र २३,

प्रदेश सरकार प्रदेश नंं ५ को आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम स्वीकृत भएको छ । शुक्रबार बसेको मन्त्रिपरिष्दको बैठकले नीति कार्यक्रम स्वीकृत गरेको हो । नीति तथा कार्यक्रम आउँदो २५ गते संसदमा पेश हुने सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।


नीति तथा कार्यक्रम स्वीकृत गरी संसदमा प्रस्तुत गर्न प्रदेश प्रमुख उमाकान्त झालाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्मका लागि मात्रै अल्पकालीन भएकाले नीति तथा कार्यक्रममा उल्लेखनीय विषय र नौलो कार्यक्रम केही नभएको प्रवक्ता चौधरीले बताए ।


अहिले प्रदेशको बजेट १ अर्ब २ करोड रुपैयाँ छ । संसदमा पेश भएपछि नीति तथा कार्यक्रममाथि छलफल हुने र चैत २९ गते अगावै संसदबाट पारित हुने प्रवक्ता चौधरीले बताए । मन्त्रिपरिष्द बैठकले चालु आर्थिक वर्षको बाँकी अवधिको बजेट चैत २९ गते प्रस्तुत गर्ने निर्णय पनि गरेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top