बुटबलको चौराहादेखि चिडियाखोलासम्म सडक बिस्तार कार्य सुरु 

समाज चैत्र २३ २०७४ ekhabarnepal
Butwal%282%29

 

बुटबल । बुटबलको राजमार्ग चौराह देखी चिडियाखेला सम्म सडक बिस्तार सुरु भएको छ ।गत बर्षको चैत्रमा ठेक्का स्वीकृत भएको सडक बिस्तारको कार्य सडक किनारका घरधनिहरुले  उच्चअदालतमा मुद्धा जाहेर गरेपछि  रोकिएपनि अहिले अदालतले निर्माण कार्य रोक्न अन्तरीम आदेश नदिएपछी बिस्तार कार्य सुरु भएको हो ।


सडक बिस्तारको सुरुमा अहिले सडक छेउमा रहेका रुख कटान र घर नभएका ठाउमा नाली निर्माण सुरु गरीएको बुटवल बेलहीया सडक बिस्तार आयोजनाका  ईन्जिनियर योगेन्द्र बहादुर  अधिकारीले जानकारी दिनुभयो । आयोजनाले सडकको ८२ फुट भित्र स्थायी संरचना बनाएका घर धनिलाई स्थायी संरचना हटाउन १५ दिनको सुचना जारी गरेको छ ।

आयोजनाले हिजो १५ दिनभित्र संरचना हटाउन माईकिगं गरेको पनि उहाले जानकारी दिनुभयो । १५ दिन पछि खाली नभएका घर आयोजनाले डोजर लगाएर भत्काउने चेतावनी दिएको छ  ।  चैराहादेखी  गोलपार्क सम्म ३ सय २० घर सडकमा पर्ने भएपनि ४० घर भने घरधनि स्वंयले भत्काईसकेका छन

चारलेन सडक लाई छ लेन बनाउन भन्दै गत बर्षको चैत्र२१ गते ठेक्का स्वीकृत भएको थियो । ४१ करोड ३४ लाखमा भ्याट बाहेक लगानीमा निमार्ण को अबधि  १८ महिना सम्पन्न गर्नुपर्ने भएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top