भारतीय गृहमन्त्रीद्धारा प्रधानमन्त्री ओलीको भब्य स्वागत 

राजनीति चैत्र २३ २०७४ ekhabarnepal
Kp oli 2

 

दिल्ली चैत २३, 
प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्लीमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् । तीन दिने भारत भ्रमणमा निस्कनुभएका प्रधानमन्त्री ओलीले ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै ९ बजे भारत भ्रमणको लागि दिल्ली प्रस्थान गरेका हुन ।

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओली सीधै राष्ट्रपति भवन पुग्नुभएको छ । राष्ट्रपति भवनमा केहीबेरको आरामपछि भारतीय उद्योगी व्यवसायीसंगको अन्तरक्रियामा सहभागी हुने कार्यक्रम रहेको छ ।अन्तरक्रिया कार्यक्रममा नेपालमा लगानीबारे प्रधानमन्त्री ओलीले इन्डिया फाउन्डेसन तथा भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की)द्वारा आयोजित बेग्लाबेग्लै कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अन्तरक्रिया कार्यक्रमपछि प्रधामन्त्री ओली दिवाभोजमा सहभागी हुने बताइएको छ । भारतीय राजनीतिक दलका नेताहरुले राष्ट्रपति भवनमै प्रधानमन्त्री ओलीलाई भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयल बताइएको छ ।भेटमा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी, भारतीय जनता पार्टीका शीर्ष नेता, भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरी, पूर्वसांसद डीपी त्रिपाठी र अन्य साना दलका नेताले भेट्ने कार्यक्र तय गरिएको छ ।

सोही दिन सा“झ बाह्रखम्बारोडस्थित नेपाली दुतावासमा नेपाली समुदायसग भेटवार्ता गर्ने र नेपाली दुतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनुहुनेछ ।रात्रिभोजमा दिल्लीस्थित कूटनीतिक नियोग र राजनीति सम्बद्ध व्यक्तिहरु सहभागी हुने बताइएको छ । दुतावासले भारतका प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेता, पूर्वमन्त्री, नेपालका लागि पूर्वराजदूतलगायतलाई पनि निमन्त्रणा गरेको बताएको छ ।

भ्रमणको दोस्रो दिन चैत २४ गते बिहानै राष्ट्रपति भवनमा समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्रीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच केहीबेर वार्ता हुने बताएको छ ।दुई प्रधामन्त्रीको बार्तापछि भारतीय सेनाले उच्च सैनिक गार्ड आफ् अनर दिने कार्यक्रम तय भएको छ । गार्ड अफ अनर कार्यक्रमलगतै भारतका राष्ट्रपति रामनाथ कोविन्द तथा परराष्ट्रमन्त्री बैंकया नायडुसंग शिष्टाचार भेट हुने बताइएको छ ।

त्यसपछि प्रधानमन्त्री ओली राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल जाने कार्यक्रम छ । राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा दीप प्रज्ज्वलन गरेपछि हैदरावाद हाउसमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच वन टु वन वार्ता हुने बताइएको छ । वार्ता लगत्तै भ्रमण प्रतिनिधि मण्डलका सदस्यसहितको उपस्थितिमा संयुक्त छलफल हुनेछ ।

छलफलपछि दुई देशबीच हुने सम्झौतापत्र आदनप्रदानसम्बन्धी कार्यक्रम तय गरिएको छ । त्यस पछि संयुक्त पत्रकार सम्मेलन गरेर सम्झौताबारे जानकारी दिनेछ । पत्रकार सम्मेलनमा दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । पत्रकार सम्मेलनपछि प्रधानमन्त्री ओली हैदरावाद हाउसमै दिवाभोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।

सा“झ विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र वित्तमन्त्री अरुण जेट्लीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भ्रमणको तेस्रो दिन चैत २५ गते प्रधानमन्त्री ओली हेलिकोप्टरमा दिल्लीबाट उत्तराखण्डको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि विश्वविद्यालयको भ्रमणमा जाने कार्यक्रम रहेको छ । कृषि विश्वविद्यालयको भ्रमण सकेपछि सोही दिन सा“झ दिल्लीबाट स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top