४० लाख रकम सहित  पक्राउ

समाज चैत्र २३ २०७४ ekhabarnepal
New picture


बुटवल, चैत २२

हिजो विहान ९ वजे रुपन्देहीको सिद्यार्थ नगर पालिका वडा नं १ बेलहिया वाईपास स्थित सडक खण्डमा ई.प्र.का. बेलहियाको प्रहरी टोलीले चालिस लाख अडतीस हजार सात सय पचास रुपैया सहित पक्राउ गरेको छ ।

बेलहियाबाट भैरहवा तर्फ आईरहेको लु.२२.प. ३८७१ नम्वरको स्कुटी रोकी चेकजाँच गर्दा उक्त स्कुटीको डिक्की भित्र कालो र पहेलो प्लाष्टिक भित्र प्याकिङ गरि राखेको अवस्थामा नेपाली रुपैया ४०,३८,७५०।( (चालिस लाख अडतीस हजार सात सय पचास रुपैया) र नेपाल एसबिआई बैङक को रु .३०,०००।(रकम उल्लेख भएको चेक थान(१ फेला परेकोमा उक्त स्कुटिका चालक दिपक कुमार मल्लिकलाई नियन्त्रणमा लिई सो रकम को कस्को हो र के कहा बाट ल्याएको हो ? भनी सोधपुछ गर्दा निजले उक्त रकम जिल्ला रुपन्देही सि.न.पा. वडा नं ८ बस्ने बर्ष ३७ को धनवन्त कुमार अग्रवालको हो भनी वताएको हुदा निज धनवन्त कुमार अग्रवाललाई पक्राउ गरिएको छ ।

 सि.न.पा. वडा नं १ बेलहियामा नियन्त्रणमा लिई सोधपुछ गर्दा निजले उक्त रकम  स्वीकार गरे पनि श्रोत खुलाउन नसकेकोले बरामद रकम र स्कुटि सहित दिपक कुमार मल्लिक र धनवन्त कुमार अग्रवाललाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि सम्पति शुद्धिकरण अनुसन्धान बिभाग ललितपुर पठाइएको कुरा  जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता प्र.ना.उ.डिल्लीनारायण पाण्डेले वताएका छन् 


   

 
 

प्राप्त प्रतिकृयाहरू

To Top