इलामको चिया बगानमा ‘नाई नभन्नु ल ५’ को छायांकन हुँदै

मनोरञ्जन चैत्र २२ २०७४ ekhabarnepal
Naai navnnu la

 

इलाम चैत २२,
 भदौको पहिलो सातादेखि प्रदर्शन गरिने चलचित्र ‘नाई नभन्नु ल ५’ इलामको चिया बगानमा छायांकन गर्दै कलाकार ।  फिल्मको सुटिङ झापाको बिर्तामोडबाट सुरु भएको हो । निर्देशक विकास आचार्यको अनुसार बिर्तामोडमा ३ दिन र इलाममा २५ दिन सुटिङ गरी फिल्म युनिट काठमाडौं फर्किएर केही दिन काठमार्डौमा सुट गरिसकेपछि फिल्मको सुट सकिनेछ । प्राय आफ्नो फिल्महरुबाट नयाँ कलाकारहरुलाई फिल्म क्षेत्रमा भित्राउने उनी यस फिल्मबाट पनि कलाकार अभिषेकसँगै सेड्रिना शर्मालाई लन्च गर्दैछन् ।

भदौ ८ गतेलाई रिलिज टार्गेट रही फ्लोरमा गएको फिल्म नाई नभन्नु ल ५ मा अभिनेत्री प्रियंका कार्की, बाल कलाकार अनुभव रेग्मीको निरन्तरता रहनेछन् भने अन्य कलाकारहरुमा स्वस्तिमा खड्का, अभिषेक नेपाल, बुद्धि तामाङ, जयनन्द लामा, दिलिप रायमाझी, उत्तम केसी लगायत रहनेछन् । फिल्ममा केही भुमिकामा केकी अधिकारी पनि रहने निर्देशक विकास राज आचार्यले बताएका छन् । नाई नभन्नु ल ५ भदौ ८ मा रिलिज हुने टार्गेट रहँदा यता अभिनेता अनमोल के. सी स्टारर फिल्म क्याप्टेन पनि उक्त डेटमा नै रिलिज हुने हल्लाले सिने नगरीमा एक प्रकारको गर्माहत पैदा गरेको छ । नाईं नभन्नु ल ५ मा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन रहनेछ । सामिप्यराज तिमिल्सिना र विकास आचार्यको कथा, पटकथा तथा संवाद फिल्ममा रहेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top