फेसबुकको दायरा फराकिलो बनाइ चुहावटमा कडाई गरिनेछ - मार्क जुर्कवर्ग

विश्व चैत्र २२ २०७४ ekhabarnepal
Zuckerberg 1


केम्ब्रिज एनालिटिका नामक राजनीतिक परामर्शदातृ संस्थाले पहिला सोचिए भन्दा निकै बढी अर्थात् ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण लिएको फेसबुकले बताएको छ । ती मध्ये ११ लाख प्रयोगकर्ता युकेका रहेको बीबीसीलाई बताइएको छ । गोप्य जानकारी सार्वजनिक गरेका क्रिस्टोफर विलीले ५ करोड प्रयोगकर्ताको विवरण दुरुपयोग गरिएको यसअघि बताएका थिए ।

फेसबुकका प्रमुख मार्क जुर्कवर्गले प्रयोगकर्ताका विवरण चुहावटका विषयमा छानविन गरि त्यसविषयमा थप काम गरिने बताएका छन् । एक पत्रकार सम्मेलनमा बोल्दै जुकर्बगले आफूहरुको जिम्मेवारीको दायरा फराकिलो बनाउन आवश्यक भएको बताएका छन् ।
उनले फेसबुकको काम औजारहरू बनाउने मात्र नभई ती “औजारहरूलाई प्रयोगकर्ताहरूले कसरी प्रयोग गर्छन् र त्यसबाट के परिणाम निस्कन्छ भन्ने विषयमा समेत जिम्मेवारी“ लिनुपर्नेमा जोड दिए । जुर्कवर्गले प्रयोगकर्ताका विवरण चुहिने समस्या बन्द गरिसकेको बताएका छन् भने पछिल्लो प्रकरणका विषयमा फेसबुकले आउने दिनमा आन्तरिक छानबिन गर्ने बताएका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top