बलु हत्याकाण्डका सुटर सुवास गुरुङ पक्राउ

समाज चैत्र २१ २०७४ ekhabarnepal
Images cms image 000044875

बुटवल चैत २१
प्रहरीले रुपन्देहीका बलु भन्ने बसन्त पौडेलको हत्यामा संलग्न सुटरलाई पोखराबाट पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को सहयोगमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको विशेष टोलीले लमजुङका विवेक भन्ने सुवास गुरुङलाई मंगलबार पोखराबाट पक्राउ गरेको हो।

गत पुस २१ मा रुपन्देही देवदह नगर ढेकारस्थित आफ्नै काठ फर्निचर मिलमा रहेका पौडेललाई मोटरसाईकलमा आएका गुरुङ सहितको टोलीले गोली प्रहार गरेको थियो। छातीमा गोली लागी घाईते भएको पौडेलको उपचारकाक्रममा मृत्यु भएको थियो।


ब्युरोले घटनामा संलग्न समिरमानसिंह बस्नेतलाई पक्राउ गरेको थियो । भने अर्का मुख्य आरोपी मनोज पुन र सोम आले प्रहरी मुठभेडमा मारिएका थिए। यस्तै घटनामा संलग्न रहेका बादल भन्ने पदम चौधरी र माही नारायण चौधरी पक्राउ परेर कारागारमा छन।

प्राप्त प्रतिकृयाहरू

To Top