नेप्से को वेबसाइटमा समस्या 

अर्थ चैत्र २१ २०७४ ekhabarnepal
Download

 काठमाडौं चैत २०,

नेपाल स्टक एक्सचेञ्च (नेप्से)को वेबसाइटमा समस्या देखिएको छ । वेभसाइट नचलेपछि लगानीकर्ताहरु सेयर बजारको बारेमा जानकारी लिन पाइरहेका छैनन् ।

सर्भरमा समस्या देखिएपछि वेबसाइट खुलेको छैन ।
तर नेप्सेले भने इन्टरनेटको समस्याले पनि यस्तो भइरहेको जानकारी दिएको छ । समस्या समाधान गर्नका लागि पहल भइरहेको नेप्सले जानकारी दिएको छ ।

बजारका सूचना र जानकारीहरु नपाउँदा लगानीकर्ताहरु अन्योलमा परेका छन् । 
बजार खुलेको ३५ मिनेटसम्म नेप्से ७ अंकले उकालो लागेको छ । यसबीचमा एक करोड २० लाख बढीको कारोबार भएको छ।

प्राप्त प्रतिकृयाहरू

To Top