काठमाडौं चैत २०,
यातायात व्यवसायीहरुको एकाधिकार चिर्न सरकार कडा रुपमा प्रस्तुत भएको छ । कोटेश्वर पूर्वका ११ वटा समितिले अरनिको राजर्मागमा बस रोकेपछि सरकारले अन्य व्यवसायी तथा कम्पनीलाई काठमाडौंबाट धुलिखेलसम्मको रुट इजाजत लिन आउन आह्वान गर्दै व्यवसाय रोकिने चुनौती दिएको हो ।यातायात व्यवस्था विभागले धुलिखेलसम्म चलाउन इच्छुकलाई बुधबार (आज) नै सबै प्रक्रिया पुरा गरेर रुट दिने गरी यस्तो आह्वान गर्दै कानून विपरित सिण्डिकेट लाद्न खोज्नेको रुटपरमिट खारेज हुने चेतावनी दिएको हो ।
मयुर यातायातले चक्रपथ हुँदै काठमाडौं बनेपा रुटमा बस चलाउने अनुमति पाएपछि ११ वटा समितिले विरोधस्परुप ग्रामीण र शहरी दुवै भेगका बस ठप्प पारेका हुन् । यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भण्डारीले अब व्यवसायीहरुको एकाधिकार तोड्दै सबैले सहज रुपमा सेवामूलक व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकार लागिपरेको बताए ।
उनले भने, ‘यातायात ठप्प हुँदा नियमित कामका लागि हिँड्ने यात्रुहरु, ग्रामीण भेगमा पुग्नु पर्ने यात्रुहरुलाई मर्कामा परेका छन् । यही समस्यालाई ध्यानमा राखेर विभागले धुलिखेसम्म अन्यलाई पनि रूट इजाजत दिने निर्णय गरेको हो ।’
जुन व्यवसायीले सो रुटमा बस सञ्चालन गर्न चाहन्छ इजाजत दिने सरकारले नै सो रुटमा चल्ने बसलाई सुरक्षा दिने विभागले जनाएको छ ।भण्डारीले सरकार कानूनअनुसार सिन्डिकेटको विरुद्धमा भएकाले एकाधिकार जमाउन खोज्ने व्यवसायीका बसहरुको रुट इजाजत खारेजीको प्रक्रिया पनि अघि बढेको बताए ।
प्राप्त प्रतिकृयाहरू