संसदमा भारत भ्रमणबारे यस्तो जानकारी दिंदै प्रधानमन्त्री ओली

राजनीति चैत्र २० २०७४ ekhabarnepal
Kp oli

 

 काठमाडौं चैत्र २०,
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसंग समानताका आधारमा विशिष्ट सम्बन्ध विकास भएको बताएका छन् । संसदमा भारत भ्रमणबारे जानकारी दिंदै प्रधानमन्त्री ओलीले छिमेकी मुलुकहरुसँग शंकारहित भरपर्दो मित्रता विकास गर्न चाहेको बताए ।
ओलीले भने देशको शिर निहुरिने कुनै काम गरिने छ्रैन । देशको शिर उंचो राख्ने काम मात्र गरिने छ ।
प्रधानमन्त्री ओलीले विदेश नीतिको प्रस्थान विन्दु मित्रता हुने स्पष्ट गर्दै भने मितत्रा कसरी हुन्छ भने सम्वन्ध समानता र हअस्तक्षेपका आधारमा हुन्छ ।’

प्रधानमन्त्री ओलीले भारतसंग अर्गानिक कृषिका साथै जलमार्ग र रेलमार्गबारे पनि कुराकानी हुने बताएका छन्।
जलमार्ग भन्नासाथ मानिसहरु छक्क पर्ने गरेको भन्दै उनले गंगाको बाटोबाट सामान ल्याउन सकिन्छ भनेर मूर्त रुपमा काम देखिने दावी गरे ।
नेपालको चासो रहेको सार्क सम्मेलन र विमस्टेकका बारेमा .पनि आफूले भारतीय समकक्षीसंग कुरा गर्र्ने संसदलाई जानकारी दिएका छन् ।
सन् १९५० को सन्धीका बारे धेरै चांडो समाधान हुने प्रधानमन्त्रीको विश्वास छ । आफ्नो भ्रमणका समयमा भारतीय नोटवन्दीका बेला परेको समस्या सुल्झाउन पहल गर्ने बताउंदै अरुण तेस्रोको समकक्षी मोदीसंग सुरुवात गर्ने उनले बताए ।

प्राप्त प्रतिकृयाहरू

To Top