टुङ्गो लग्यो प्रधानमन्त्रीको राजकीय भारत भ्रमण 

राजनीति चैत्र २० २०७४ ekhabarnepal
Kp oli

  

काठमाडौं । प्रधानमन्त्रीको राजकीय भारत भ्रमणको टुङ्गो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २३ देखि चैत २५ सम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

उक्त भ्रमणमा प्रधानमन्त्रीका साथ ३ मन्त्रीले सहभागिता जनाउने बताइए पनि मन्त्रीको नाम र टोलीका थप सदस्यको नाम यकिन भइनसकेको बास्कोटाले बताए । मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षा र बेपत्ता पारिएकाहरुसम्बन्धी विधेयक संघीय संसदमा टेबुल गर्ने निर्णय गरेको छ । 

बैठकले भुक्तानी प्रणालीलाई व्यवस्थित गर्न भुक्तानी ऐन आवश्यक रहेको अर्थ मन्त्रालयलको प्रस्तावलाई स्वीकृत गरेको छ ।सडक यातायात सञ्जाल र विद्युत प्रशारणका लागि ५० करोड अमेरिकी डलर प्राप्त हुने र विकास समिति गठन गरेर यसलाई आवश्यक खर्च गर्ने निर्णय गरेको छ । 
बैठकले काठकाडौं उपत्यकामा खानेपानीको व्यवस्थापनका लागि एसियाली विकास बैंकले १ अर्ब रुपैयाँको अनुदान सहायता स्वीकार गरेको छ ।जिल्ला शिक्षा समन्वय इकाई स्थापना नहुँदासम्मका लागि अन्तरिम रुपमा असार मसान्तसम्म जिल्ला शिक्षा कार्यालय सञ्चालन हुने निर्णय भएको बास्कोटाले बताए । 
  

प्राप्त प्रतिकृयाहरू

To Top