सरकारले खुलाउदैछ नि:शुल्क औषधी खरिद प्रक्रिया

स्वास्थ्य चैत्र २० २०७४ ekhabarnepal
1452477942health ministery

 

बीबीसी, स्वास्थ्य मन्त्रालयले सोमवार नयाँ महानिर्देशक नियुक्ति गरेपछि झन्डै २ महिनादेखि जिल्ला जिल्लामा नि:शुल्क औषधी खरिद गर्न रोकिएको प्रक्रिया अब खुल्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

बजेट निकासा गर्ने अख्तियारी पाएको महानिर्देशक नभएको जस्ता कारणले हाल अधिकांश जिल्लाका स्वास्थ्य चौकीहरूमा औषधी अभाव हुन थालिसकेको छ।

स्वास्थ्य सेवा विभागको महानिर्देशक पद रिक्त हुँदा स्वास्थ्य मन्त्रालयले केन्द्रमै खरिद गर्नुपर्ने ३२ प्रकारका औषधी खरिद गर्न नसकेको बताइन्छ।

स्थानीय तहमा बजेट निकासा हुन नसक्दा त्यहाँ पनि झन्डै २ महिनादेखि खरिद प्रक्रिया रोकिएको थियो।थुप्रै जिल्लाहरूमा औषधी अभाव भइ बिरामीहरूले औषधी पाउन छाडेको खबरहरू सार्वजनिक भइरहेको बेला स्वास्थ्य मन्त्रालयले रिक्त उक्त पदमा सोमवार साँझ डा. गुणराज लोहनीलाई नियुक्ति गरेको छ।

स्वास्थ्य मन्त्रालयले देशभर ७२ प्रकारको औषधी नि:शुल्क वितरण गर्ने गर्दछ।

 

प्राप्त प्रतिकृयाहरू

To Top