आज प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे जानकारी गराउदै संघीय संसद्लाई सम्बोधन गर्ने 

राजनीति चैत्र २० २०७४ ekhabarnepal
Kp oli

 काठमाडौं चैत्र २०,
शुक्रबारदेखि भारतको तीनदिने राजकीय भ्रमण गर्न लागेका प्रधानमन्त्री केपी ओलीले आज संघीय संसद्लाई सम्बोधन गर्दै हुनुहुन्छ ।

सम्बोधनमार्फत उहाँले आफ्नो भारत भ्रमणबारे संसद्लाई जानकारी गराउनु हुनेछ ।

 संघीय संसद्अन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै कार्यक्रम छ ।

प्रधानमन्त्रीको सम्बोधनसँगै राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश र चिकित्सा शिक्षा अध्यादेशसमेत स्विकृतिका लागि संसद्मा पेस हुँदै छ ।

सरकारले संसद्मा अन्य विधेयक दर्ता नगराएकाले प्रधानमन्त्रीको सम्बोधनलगत्तै आजै संघीय संसद्को पहिलो अधिवेशन अन्त्य हुने सम्भावना रहेको सचिवालय स्रोतले जनाएको छ ।

सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्नेबारे राष्ट्रपतिको पत्र सरकारमार्फत संसद्मा आउनुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘संघीय संसद्को अधिवेशन अन्त्य गर्नेबारे राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त हुनुपर्छ ।’

प्राप्त प्रतिकृयाहरू

To Top