संघीय संसद बैठकबाट शोक प्रस्ताव पारित 

राजनीति चैत्र १९ २०७४ ekhabarnepal

 

  काठमाडौँ  चैत्र १९,
संघीय संसद्ले नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।प्रतिनिधिसभा र राष्ट्रियसभाको सोमबार बसेको छुट्टाछुट्टै बैठकले पूर्वमन्त्री खड्काको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

२०४८, २०५१ र २०५६ सालमा दाङबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट सांसद्मा निर्वाचित खड्काको चैत १६ गते ६७ वर्षको उमेरमा उपचारका क्रममा भारतको नयाँ दिल्लीमा रहेको अपोलो अस्पतालमा निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो ४ बजे बस्नेछ । 

प्राप्त प्रतिकृयाहरू

To Top