गरिबीको निराकरण गर्नुनै समाजवादको लक्ष्य हो 

समाज चैत्र १९ २०७४ ekhabarnepal
Download

 

काठमाडौँ । केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएरै छाड्ने जिकिर गरेका छन् । उनले भारत भ्रमणअघि पनि पछि पनि पार्टी एकता हुन सक्ने भन्दै हतारोमा भने एकता नगरिने प्रष्ट पारे । 

सोमबार एमाले प्रचार विभागले प्रदान गरेको मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार समारोहमा प्रधानमन्त्री ओलीले भने, “पार्टी एकता छिट्टै हुन्छ, भारत भ्रमण अगाडि पनि हुन सक्छ, पछाडि पनि हुन सक्छ । हामी हतार गरेर गरिहाल्ने पक्षमा पनि छैनौं र ढिला गर्ने पक्षमा पनि छैनौं ।” 

गरिबको चुल्हो बल्दा किन आपत्ति ? 
उनले समाजवाद भन्दा कसैलाई टाउको दुख्न थालेको बताउँदै समाजवादी व्यवस्थाले कसैको भाग नखोस्ने बताए । “धनीको चुल्हो बलेकै छ, गरिबको पनि चुुुल्हो बल्नुपर्छ भन्दा किन आपत्ति ?” उनको प्रश्न थियो । राजनीतिक अधिकार प्राप्तिको सङ्घर्ष किनारा लागेको बताउँदै उनले गरिबीको रेखामुनि रहेका ३६ प्रतिशत नागरिकलाई समृद्धिको पथमा हिँडाउनु समाजवादको लक्ष्य भएको प्रष्ट्याए ।

त्यस्तै उनले ३ वर्षभित्र नेपाललाई विकसित देशको दाँजोमा पुर्याउने र १३ वर्षभित्र संयुक्त राष्ट्र सङ्घीय दीगो विकासको लक्ष्य हासिल गर्ने बताए । दुवै छिमेकी देशसँग सन्तुलित नीति अवलम्बन गरिने उनको भनाइ थियो । “छिमेकी देशहरूसँग सन्तुलित, सुमधुर, विश्वसनीय, पारस्परिक सहयोगमा आधारित हुनेछ,” उनको भनाइ थियो । उनले सरकारले बाह्य लगानी आकर्षित गर्ने कार्यक्रम ल्याउन खोजेको र देशभित्रको लगानी प्रवद्र्धन गरिनेसमेत बताए । 

यस वर्षको मदन भण्डारी पत्रकारिता पुरस्कार पत्रकार एवम् वामपन्थी अगुवा कमल कोइरालालाई प्रदान गरिएको छ । पुरस्कारको राशि ५० हजार ५५५ रुपैयाँ छ । आफूले पाएको उक्त पुरस्कारको राशि बारामा मारिएका पत्रकार वीरेन्द्र साहकी धर्मपत्नी उमरादेवी साहलाई दिने कोइरालाले बताएका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top