चीन र अमेरिका बीच निर्यातित बस्तुमा मूल्य अभिवृद्धि

विश्व चैत्र १९ २०७४ ekhabarnepal
 100657299 2ef09476 0605 4c2b bb62 99d3b32836d6

काठमाडौँ  चैत्र १९,  

चीनले आफ्ना सामानको सीमा शुल्क बढाउने अमेरिकी निर्णयलाई उस्तै जवाफ दिएको छ । अमेरीकामा निर्यात हुने चिनीयाँ सामानमा अमेरिकाले सीमा शुल्क बढाएपछि चीनले पनि आफ्नो देशमा भित्रिने अमेरिकी सामानमा २५ प्रतिशतसम्म शुल्क बढाउने निर्णय गरेको छ । 
चीनले चीनमा निर्यात हुने १ सय २८ प्रकारका अमेरिकी सामानको सीमा शुल्क २५ प्रतिशतसम्म बढाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसमा सुँगुरको मासु तथा रक्सीलगायत सामान छन् । चीनको यो निर्णयले अमेरिकी अर्थतन्त्रमा ३ विलियन अमेरिकी डलरभन्दा बढीको प्रभाव पर्ने आँकलन गरिएको छ । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि चिनीयाँ सामानमा निर्यात शुल्क बढाएको घोषणा गरेपछि चीनले अमेरिकामा निर्यात गर्ने सामानको शुल्क बढेको छ ।  

प्राप्त प्रतिकृयाहरू

To Top