भण्डारी गोल्डकपको फाइनलमा आज थ्री स्टार र मनाङ मस्र्याङ्दी भिड्दै

खेल चैत्र १९ २०७४ ekhabarnepal
Goldcup bhandari

 

बुटवल।
बुटवलमा जारी तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज  थ्री स्टार र मनाङ मस्र्याङ्दी भिड्दै छन् ।

आयोजक मदन भण्डारी स्पोर्ट्स ऐकेडेमीलाई हराउँदै थ्री स्टार र सुनौली संगम बुटवललाई हराउँदै मनाङ मर्स्याङ्दी खेलको फाइनलमा प्रवेश गरेका थिए ।

खेल दिउँसो २ बजेपछि रामनगरमा रहेको कालिका मानव ज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा सुरु हुने आयोजकले बताएको छ ।
खेलको बिजेताले उपाधिसहित नगद १५ लाख र उपबिजेताले नगद ७ लाख ५० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सेमिफाइनमा पुगेर बाहिरीउका आयोजक मदन भण्डारी स्पोर्ट्स ऐकेडेमी र सुनौली संगम बुटवल  ५० – ५० हजार नगद लिएर बाहिरीएका छन ।

।सर्बोत्कृष्ट खेलाडीले ५० हजार र बिधागत उत्कृष्ट खेलाडीले १५ हजार रुपैया सहित पुरस्कृत हुने छन ।

प्राप्त प्रतिकृयाहरू

To Top