मदन भण्डारी गोल्डकप : आज आयोजक र थ्रीस्टार क्लब बिच प्रतिष्पर्धा हुदै

खेल चैत्र १८ २०७४ ekhabarnepal
Download

बुटवल चैत्र १८,

बुटवलमा जारी मदन भण्डारी अन्तराष्ट्रिय नकआउट फुटवल प्रतियोगितामा आज मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाण्डौ र थ्रीस्टार क्लब बिच प्रतिष्पर्धा हुने भएको छ ।
अस्ति हावा हुरी र बर्षाका कारण स्थगित खेल आज हुन लागेको हो । बुटवलको रामनगर स्थित कालिका मानव ज्ञान माध्यमिक बिद्यालयको मैदानमा अपरान्ह हुने पश्चात हुने खेलबाट बिजयी हुने टीम प्िरतियोगिताको उपाधिका लागि हिजोको बिजेता मनाङ्ग मस्याङ्गदीसंग खेल्ने छ । आजको प्रतिष्पर्धाबाट बाहिरीने टीमले ५० हजार नगद पुरस्कार भने पाउने छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नं ५ को आयोजनामा बुटवलमा जारी प्रतियोगितामाका बिजेताले १५ लाख र उपबिजेताले ७ लाख ५० हजार नगद सहित शिल्ड प्राप्त गर्ने छन ।

 

प्राप्त प्रतिकृयाहरू

To Top