डिष्ट्रिक्ट गभर्नर पदमा सुनिल प्रसाद वझा निर्वाचित

समाज चैत्र १८ २०७४ ekhabarnepal
100392058329572767 10204741666378809 3114907101574082175 n

 

बुटवल ।
बुटवलका समाजसेबि तथा व्यवसायी सुनिल प्रसाद वझा लायन्स अन्तरराष्टिय ३२५ बी टुको प्रमुख अर्थात गर्भनरमा निर्वाचित हुनु भएको छ ।नेपालगञ्जमा आज सम्पन्न लायन्स डिष्टिकको सम्मेलनबाट लायन वर्ष २०१८।२०१९ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा वझा निर्वाचित हुनु भएको हो ।
बुटवलको मणिमुकुन्द लायन्स क्लवका सस्थापक अध्यक्ष वझा यसअघि लायन्सको फस्ट भाईस डिस्ट्रिक गभर्नर हुनुहुन्थ्यो । लायन्सको बिधान अनुसार फस्ट भाईस डिस्ट्रिक गभर्नर स्वत गर्भनर हुने भएपनि लायन्स सम्मेलनमा सहभागिलायनहरुबाट एस भोट लिनुपर्ने हुन्छ  । हिजोदेखि नेपालगञ्जमा सुरु भएको सम्मेलनमा सहभागि सबै लायनहरुले वझालाई गर्भनरका लागि एस भोटिगं गरी स्विकृत गरी समर्थन जनाएका थिए ।


सम्मेलनबाट फस्ट भाईस डिस्ट्रिक गभर्नरमा अनुप कुमार पहारी र सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नरमा  शम्भु नकर्मी  निर्वाचित हुनु भएको छ ।५१ बर्षिय वझाले लायन्सलाई यस क्षेत्रमा अझै प्रभावकारी रुपमा सञ्चालन गरी सामाजिक ष्ँेत्रमा थप क्रियाशिल बनाउने बताउनु भयो ।उहाले लायन्सलाई अव गाउ केन्द्रित बनाउने बताउनुभयो ।

प्राप्त प्रतिकृयाहरू

To Top