२०७४ मा प्रकाशित मन छुने साहित्यिक कृतिको फड्को

मनोरञ्जन चैत्र १८ २०७४ ekhabarnepal
Book sahitya1

काठमाडौँ चैत्र १८,
२०७४ मा थुप्रै साहित्यिक कृतिहरु प्रकाशित भए । प्रकाशित भएका धेरैजसो साहित्यिक पुस्तक पाठकको मन छुन सफल रह्यो । चाहे त्यो नारीवादी उपन्यास होस्, चाहे द्वन्द्व सम्बन्धी वा प्रेम सम्बन्धी । विभिन्न प्रकाशकहरुद्वारा प्रकाशित विभिन्न किसिमका पुस्तकले पाठकको मन जित्न सफल भई राम्रो चर्चा बटुलेको छ ।

फाइन प्रिन्ट प्रकाशनद्वारा २०७४ मा प्रकाशित मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’, हरिबहादुर थापाको ‘रजगज’ र यज्ञसको ‘भूइँया सबैभन्दा चर्चित रहेको फाइन प्रिन्टका सह–संस्थापक अजित बरालले बताए । 

उनले भने “चैत २९ गते सार्वजनिक हुने शिवानी सिंह थारुको ‘काठमाडौंमा एक दिन’ ले पनि यसैवर्ष राम्रो चर्चा पाउन सक्ने अनुमान लगाईएको छ ।”

त्यस्तै बुकहिल्स प्रकाशनद्वारा २०७४ मा प्रकाशित पुस्तकमध्ये सरस्वति प्रतिक्षाको ‘नथिया’, कुमार नगरकोटीको ‘दोचा’, विप्लव प्रतिकको ‘अविजित’ आश्विनी कोइरालाको ‘प्रेमालय’ पिटर जे कार्थकको पहिलो अंग्रेजी भाषाको उपन्यास ‘काठमान्ड्रुड’, तिर्थ गुरुङको उपन्यास ‘पाठशाला’ निकै चर्चित हुनुका साथै सर्वाधिक बिक्री भएको बुक हिल्स प्रकाशनका संस्थापक भुपेन्द्र खड्काले बताए । उनले भने “पछिल्लो समय प्रकाशित भएका पुस्तकहरुमा सामाजिक विषय बस्तुका साथै मुद्दाका कुराहरु बढि उठाइएको छ ।” 

सांग्रिला बुक्स प्रकाशनबाट २०७४ मा प्रकाशित भएको पुस्तकमध्ये निलम कार्की ‘निहारिका’ द्वारा लिखित पुस्तक ‘योगमाया’, कृष्ण गौतमद्वारा ‘लिखित रानीवन’, ध्रुवसत्य परियारको कैरन, अनमोलमणिद्वारा लिखित ‘१९ नम्बर’ जस्ता पुस्तकहरु पाठकले रुचाएका सांग्रिला बुक्स प्रकाशनका संस्थापक मणि शर्माले बताए । उनले भने “प्रायजसो पुस्तक पाठकले रुचाएको भएपनि यसवर्ष सबैभन्दा बिक्री भएको पुस्तक योगमाया हो ।” 
आजभोलि धेरै पाठकहरुले अनुसन्धानात्मक पुस्तकहरु बढि रुचाउने गरेको उनले बताए । 

प्राप्त प्रतिकृयाहरू

To Top