अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्न उत्तर कोरिया सक्रिय : कालोसूचीमा के-के ?

विश्व चैत्र १७ २०७४ ekhabarnepal
 100640266 gettyimages 126281035

चैत्र १७,

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्न उत्तर कोरियालाई सघाएको आरोपमा २७ वटा पानीजहाज, २१ वटा पानीजहाज कम्पनी र एक व्यक्तिलाई कालोसूचीमा राखेको छ ।

कालोसूचीमा उत्तर कोरियामा रहेका १६ वटा कम्पनी, हंगकंगमा दर्ता गरिएका पाँचवटा, चीन र ताइवानका दुई–दुईवटा र पनामा तथा सिंगापुरका एक–एकवटा कम्पनी परेको बीबीसीले जनाएको छ । राष्ट्रसंघबाट प्योङयाङलाई तोकेर दिइएको यो अहिलेसम्मकै ठूलो दण्ड हो । 
प्रतिबन्ध लगाइएका तेल ट्याङ्कर र कार्गो पानीजहाजलाई बन्दरगाह प्रवेशमा विश्वव्यापी रुपमा रोक लगाइएको छ भने कम्पनीको सम्पत्ति पनि रोक्का गरिएको छ । प्रतिबन्धका कारण उत्तर कोरियाको आयात निर्यात सिमित हुन पुगेको खबरमा उल्लेख छ ।

प्राप्त प्रतिकृयाहरू

To Top