प्रम ओलीको भारत भ्रमण २३–२५ चैत्रमा हुने 

राजनीति चैत्र १६ २०७४ ekhabarnepal
Narendra modi and kp sharma oli

 

 काठमाडौं चैत १६


परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण २३ चैत्रदेखि सुरु हुने घोषणा गरेको छ।

 

भारतले प्रस्ताव गरेकै २३–२५ चैत्रको मितिमा प्रधानमन्त्री ओलीको भारत भ्रमण हुन लागेको हो।

परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गरी प्रम ओलीको भारत भ्रमण २३–२५ चैत्रसम्म हुने जानकारी गराएको छ।

ओलीको साथमा उनकी धर्मपत्नी राधिका शाक्यपनि रहने मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ।

यसैगरी मन्त्रीहरु, संसदका सदस्यहरु, सचिवहरु र उच्च पदस्थ अधिकारीहरु पनि भ्रमण दलमा हुनेछन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा हुने भ्रमणक्रममा ओलीले भारतीय राष्ट्रपति राम नाथ कोबिन्द, उपराष्ट्रपति बेंकैया नायडु लगायतसँग भेट गर्नेछन्।

भारत भ्रमणका क्रममा प्रम ओलीले द्विक्षीय हितका विषयमा समकक्षी मोदीसँग कुराकानी गर्ने पनि विज्ञप्तीमा उल्लेख छ।

यसैगरी ओली उत्तरखण्डको पन्तनगरस्थित गोबिन्द बल्लभ पन्त कृषि तथा प्रबिधि विश्वविद्यालयद्वारा आयोजित कार्यक्रममा पनि सहभागी हुनेछन्।

प्राप्त प्रतिकृयाहरू

To Top