भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल खेल सुरु

खेल चैत्र १६ २०७४ ekhabarnepal
Download


बुटवल चैत्र १६,  
बुटवलमा जारी मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबारदेखि सेमिफाइनलका खेल सुरु हुँदैछन् । 
पहिलो सेमिफाइनल खेलमा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाण्डौं र थ्री स्टार क्लब काठमाण्डौंकाबीच हुनेछ ।

खेल दिउँसो ३ बजेपछि रामनगरमा रहेको मानव ज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ ।
शुक्रबारको बिजेताले उपाधिका लागि १७ गते हुने मनाङ मर्स्याङ्दी र सुनौलो संगम बुटवलबीच हुने दोश्रो सेमिफाइनलको बिजेता संग प्रतिश्पर्धा गर्नेछ ।

प्राप्त प्रतिकृयाहरू

To Top