मिनि सिंहदरवार बन्दैछ सडक डिभिजन कार्यालय परिसर

समाज चैत्र १६ २०७४ ekhabarnepal
56406438829746734 1886372618079644 776016841 o

 

बुटवल चैत्र १६, 
बुटवलको मुख्य स्थानमा रहेको सडक डिभिजन कार्यालय परिसरलाई मिनि सिंहदरवार बनाइने भएको छ ।हाल सडक डिभिजन कार्यालय परिसरको करिव १५ बिघा क्षेत्रफलको जग्गामा प्रदेशका लागि आवश्यक संरचना सहितको मिनि सिंहदरवार बनाइने गृहकार्य थालिएको छ ।प्रदेश कार्यालय व्यवस्थापन सहयोग समितिको हिजो बसेको बैठकले सडक डिभिजन कार्यालय सहित त्यस कम्पाउण्डमा बनेका यातायात व्यवस्था कार्यालय, आन्तरीक राजश्व कार्यालय,इलाका प्रशासन कार्यालय, आख्तियार दुरुपयोग अनुसन्धान  आयोग लगायतका सरकारी कार्यालयलाई अन्यत्र व्यवस्थापन गरी प्रदेश सभाका लागि आवश्यक मन्त्रालय, मातहतका निर्देशनालय, महाशाखा र शाखा तथा संसद सचिवालय बनाउने निर्णय गरेको छ ।


समितिका संयोजक तथा प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले भने बुटवलमा अस्थायी राजधानि मात्रै राखिरहने होइन दीगो व्यवस्थापन आवश्यक छ त्यसका लागि सबै भन्दा उपयुक्त स्थान र जग्गा भएको ठहर गरी सडक डिभिजन कार्यालय र कम्पाउण्ड भित्रको सबै जग्गालाई मिनि सिंहदरवार बनाउने निर्णय गरेका छौ । उनले समितिको निणर्य संगै हिजोदेखि नै सम्वन्धित कार्यालयमा जानकारी गराउने तथा संघीय मन्त्रालयमा आवश्यक पहल गर्ने कार्य समेत सुरु भइसकेको बताउनु भयो ।श्रेष्ठले प्रदेशका लागि सबै कार्यालय राख्न ४६ वटा घर भवन आवश्यक पर्ने भएकाले खुल्ला र हरियाली हुने गरी गुरुयोजना बनाएर मिनि सिंहदरवार बनाउने बताउनुभयो।

सडक डिभिजन परिसरमा मिनि सिंहदरवार बनाइने भएपछी त्यहा रहेका कार्यालय अन्यत्र सार्ने तयारी भइरहेको छ । यातायात व्यवस्था कार्यालयलाई बुटवल धागो कारखाना, अख्तियारको कार्यालयलाई नेपालगञ्जको कार्यालयमा समायोजन, सडक डिभिजन कार्यालयलाई कपिलवस्तुको शिवपुर, पाल्पाको तानसेन वा नवलपरासीको बर्दघाटमा समायोजन गर्ने तयारी छ ।


प्रदेश सभा सदस्य तथा  प्रदेश कार्यालय व्यवस्थापन सहयोग समितिका संयोजक भोज प्रसाद श्रेष्ठको अध्यक्षता र मन्त्रिहरु बैजनाथ चौधरी, लिला गिरी, नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकाल, माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक दधिराम न्यौपाने,नेपाली काग्रेसका नेता खेलराज पाण्डे, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरी प्रसाद  मैनाली , बुटवल उद्योग वाणिज्य संघ , रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष लगायत बिभिन्न मन्त्रालय र सरकारी कार्यालयका उच्च अधिकारीहरुको उपस्थितिमा  बैठक बसेको थियो ।


बैठकले तत्कालका लागि प्रदेश सभा सचिवालयका लागि बुटवल उद्योग वाणिज्य संघको भवन, मन्त्रालय राख्न रुपन्देही व्यापार संघको भवन खाली गराउने ति कार्यालयहरुलाई अन्यत्र व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ । बुटवल उदोग वाणिज्य संघलाई बालमन्दिर र रुपन्देही व्यापार संघलाई जनकपुर चुरोट कारखानाको कार्यालय भवन दिने आश्वासन दिइएको छ ।
 
आवश्यक परे उद्योग संघ र वस व्यवसायी संघको भवन पनि खाल िगर्ने तयारी छ । उनीहरुलाई पनि बैकल्पिक व्यवस्था गरीने छ । हिजोको बैठकले पश्चिमाञ्चल पेटाृलियम डिलर्स एशोसिएसन र मानव सेवा धर्मको सभाहल पनि खाली गराउने निणर्य गरेको छ ।(बुटवल टुडे)
 

प्राप्त प्रतिकृयाहरू

To Top