एनसेल टावरमा आगजनी 

समाज चैत्र १६ २०७४ ekhabarnepal
Download %282%29

 


झापा चैत १६ , 
रासस । बुद्धशान्ति गाउँपालिकामा रहेको एनसेल टावरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आगजनी गरेका छन् । 

आगजनी गरेको आरोपमा मेची अञ्चल ब्यूरो सदस्य ५८ वर्षीय दीपक लकन्द्री र बुद्धशान्ति सेक्रेटरी दीपक कुरुम्वाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुद्धशान्तिका प्रहरी सहायक निरीक्षक पदमसुन्दर लिम्बूले जानकारी दिए । 
उनीहरुले बुद्धशान्ति–२ खतिवडा चोकमा रहेको एनसेल टावरमा आगजनी गरेका हुन् । आगजनीबाट एउटा जेनेरेटर, टावरमा रहेको तार जलेर नष्ट भएको छ । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि बिहीबारै इलाका प्रहरी कार्यालय धुलाबारी पठाइएको प्रहरीले जनाएको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top