ठूलो बजेटको लगानिबाट बन्दैछ फिल्म ‘भारत’ मुख्य भूमिकामा  सलमान र प्रियंका 

मनोरञ्जन चैत्र १५ २०७४ ekhabarnepal
Salman and priyanka

 


एजेन्सी । बलिउड अभिनेता सलमान खान अहिले फिल्म ‘रेस ३’ को शुटिङमा व्यस्त छन् । यसपछि उनले ‘दबंग ३’ को शुटिङ शुरू गर्ने बताइएको छ । दबंग सिरिजको तेस्रो फिल्मको काम सलमानले यसैवर्षको क्रिसमसको अवसर पारेर रिलीज गर्न सकिने गरी अगाडि बढाईसकेका छन् । त्यसपछि उनले फिल्म ‘भारत’ र ‘किक २’ को शुटिङ शुरू गर्ने मनसाय बनाएका छन् । 

‘भारत’ लाई अली अब्बास जफर निर्देशन गर्न गइरहेका छन् । उनले सलमान खानका साथ ‘टाइगर जिंदा है’ र ‘सुल्तान’ जस्ता ब्लकबस्टर फिल्म बनाई सकेका छन् ।फिल्म ‘भारत’ ठूलो बजेटको फिल्म भएकाले लागत उठाउन यसको प्रदर्शन विदेशमा पनि राम्रो हुन जरुरी देखिन्छ । यसै कारण पनि निर्माण पक्षले अन्य बलिउडका कलाकारभन्दा बढी विदेशमा लोकप्रिय मानिएकी अभिनेत्री प्रियंका चोपडालाई लिने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्रोतका अनुसार प्रियंकाले ‘भारत’ नामक फिल्ममा अभिनय गर्नका लागि पारिश्रमिकको विषयले अन्तिम निर्णय गर्न बाँकी नै छ । निर्माण पक्षले दिने भनेको पारिश्रमिकभन्दा दुई गुना बढी प्रियंकाले पारिश्रमिक माग गरेकी छिन् । पारिश्रमिकमा कुरो मिले पछि आधिकारिक रुपमा अभिनेत्रीको नाम घोषणा गरिने निर्माण पक्षले जनाएको छ । यो फिल्ममा प्रियंकासँग श्रद्धाको नाम पनि चर्चामा आएको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top