आज दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्दै हुनुहुन्छ

राजनीति चैत्र १५ २०७४ ekhabarnepal
Bidya bhandari


काठमाडौं चैत १५,  
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै हुनुहुन्छ ।संसद भवन नयाँ बानेश्वरमा दिउँसो ४ बजे सुरु हुने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लाग्नुभएको हो । संविधानमा चुनावपछि दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्था अनुसार राष्ट्रपतिले संयुक्त बैठकलाई सम्बोधन गर्न लाग्नुभएको हो ।

राष्ट्रपतिको सम्बोधनको ब्यहोरा मन्त्रिपरिषद बैठकले अनुमोदन गरी राष्ट्रपति कार्यालयमा बुझाइसकेको छ । राष्ट्रपति भण्डारी सम्मेलन केन्द्रमा बग्गीमा चढेर जाने संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बताउनुभयो । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनालगायतले स्वागत गर्ने तयारी छ ।

सम्बोधनको कार्यक्रममा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका सचिव, कूटनीतिक नियोगका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ । नेपालको संविधानको धारा ९५ को दफा (२) मा राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

प्राप्त प्रतिकृयाहरू

To Top