नेप्से परिसूचक २.९ अंकले घटयो : ५१ करोड ४१ लाख रुपैयाँको कारोबार 

अर्थ चैत्र १४ २०७४ ekhabarnepal
Nepse

 

काठमाडौं चैत्र १४,
 बुधबार नेप्से परिसूचक २.९ अंकले घटेको छ । साताको पहिलो कारोबार भएको दिन ५२ अंकले घटेको सेयर बजार दोस्रो कारोबारमा ४० अंकले बढेर सुधारिने संकेत देखिए पनि त्यसले निरन्तरता भने पाउन सकेन ।

बुधबार कारोबार सुरु भएको ८ मिनेटमै १५ अंकले गति लिएको बजारले त्यसलाई निरन्तरता दिन सकेन । त्यसलगत्तै बजारले दिनकै न्यून बिन्दु छुँदा बजार ११ सय ८७ अंकमा पुगेको थियो । तर बजार फेरि बढ्न कोसिस गरेपनि त्यो सम्भव हुन सकेन । अन्ततः नेप्से परिसूचक १२ सय ४ दशमलव ८१ अंकमा पुगेर रोकियो ।

बुधबार नै आर्थिक श्वेतपत्र आउने खबरले केहीबेर बजार प्रभावित पारे पनि यो धेरैबेर टिकेन, जसको कारण बजारमा आरोह अवरोह देखिइरह्यो । श्वेतपत्रले लगानीकर्तालाई समेट्ने बताइएपनि बुधबार नै सरकारको भावी योजना सार्वजनिक नहुने निश्चित भएपछि लगानीकर्ता दुविधामा रहेको जानकारहरुले बताएका छन् ।

यसदिन नेप्से घट्दा “क” वर्गका कम्पनीहरुको कारेबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ०.२६ अंकले घटेर २५७.४८ अंकमा पुगेको छ । बजारमा आधा अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।अघिल्लो दिन ५० करोड ६१ लाख रुपैयाँको कारोबार भएको बजारमा यसदिन ५१ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ । यसक्रममा १६२ कम्पनीका १३ लाख ५२ हजार २९० कित्ता सेयर किनबेच भए ।

यसदिन कारोबारमा आएका समूहमा भएको घटबढ मिश्रित देखिएको छ । कारोबारमा आएका १० मध्ये ६ समूह ओरालो लाग्दा बीमा लगायत समूहमा आएको गिरावटले सेयरबजार परिसूचक घट्न टेवा पुग्यो ।यसदिन बीमा समूह सबैभन्दा धेरै ९१.४१ अंकले घटेको छ । त्यस्तै लघुवित्त र जलविद्युत् समूह क्रमशः २९.०९ र २१.१५ अंकले घट्दा होटल समूह पनि १८.९५ अंकले ओरालो लाग्यो । त्यसैगरी वित्त र ट्रेडिङ समूहमा ५.८२ र ४.५६ अंकका गिरावट आए ।

बुधबार बढ्नेमा उत्पादनमूलक समूहको उपसूचक सर्वाधिक १४ं.७२ अंकले बढ्यो । यसदिन बैंकिङ, विकास बैंक र अन्य समूहमा क्रमशः २.९३, १.१६ र २.८७ अंकका सुधार आए ।यसदिन युनिलिभर नेपालका सर्वाधिक २ करोड ५८ लाख रुपैयाँको कारोबार हुँदा नेपाल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नबिल बैंक र एभरेस्ट बैंकका पनि २ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो ।

बुधबार राधी विद्युत् कम्पनीको लगानीकर्ताको सर्वाधिक १० प्रतिशत सेयर मूल्य बढ्दा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता ८.४२ प्रतिशत सेयर मूल्य गुमाए ।

प्राप्त प्रतिकृयाहरू

To Top