ट्रस्टद्धारा विद्यालयमा शौचालय निर्माण

स्वास्थ्य चैत्र १३ २०७४ ekhabarnepal
Wndt news photo btl 13.jpga


बुटवल चैत  १३ ।
पश्चिम नेपाल विकास टष्टले बुटवलको वुद्धनगर स्थीत सहीद स्मृति विद्यालयमा शौचालय निर्माण गरेको  छ । यहा अध्यानरत बालवालिकाहरु अधिकांस सुकुम्वासी तथा विपन्न वर्गका रहेका छन । वालवालिका लाई विद्यालयमा शौचालयको समस्या भएको पाइएपछि टस्टले शौचालय बनाइदिएको हो । दुइ कोठे महिलामैत्री शौचालय एक समारोहका वीच हस्तान्तरण गरिएको छ । ट्रष्टलाई सहयोग गर्दै आएका बेलायती तथा कम्मेडियाली नागरिक पौल कुक तथा उनकी श्रीमति चेण्डा कुक र छोरा डेनिस कुकको उपस्थीतिमा शौचालय हस्तान्तरण गरिएको थियो । शौचालय हस्तान्तरण गर्दै पौल कुकले ट्रष्टले गरेको कामको प्रशसा गरेका थिए ।
 कार्यक्रममा वोल्दै ट्रष्टकी अध्यक्ष गौरीमाया थापाले विद्यालयमा शौचालयको अभाव देखिएपछि शौचालय वनाइदिएको उल्लेख गर्दै आगामी दिनमा पनि यस किसिमका सहयोग जारी राख्ने बताइन । सचिव माधब आर्चायले सस्थाले विगतदेखि नै रचनात्मक काम गर्दै आएको भन्दै गरिव तथा पछाडी परेका वर्गको हितमा सक्दो सहयोग गर्ने बताए । 
 कोषाध्यक्ष पदम घिमिरेले करिव ४ लाख रुपैया लागतमा शौचालय निर्माण गरेको बताए । उनले आगामी दिनमा गरिव तथा पछाडी परेका वर्गका छोराछोरीलाई शिक्षा आर्जन गर्नका लागि सक्दो सहयोग गर्ने बताए । विद्यालयका  प्रधानाध्यापक प्रकाश गौतमले सस्थाले पु¥याएको योगदानको प्रशंशा गरेका थिए । 
यसैवीच ट्रष्टले अपागं आश्रममा फलफुल वितरण पनि गरेको छ । सस्थाले टष्टलाई विभिन्न माध्यमबाट सहयोग गरेको भन्दै पौल कुक, चेण्डा कुक, डेनिस कुकलाई सम्मान पनि गरेको छ । 
 

प्राप्त प्रतिकृयाहरू

To Top