मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाण्डौ सेमिफाइनलमा प्रवेश 

खेल चैत्र १३ २०७४ ekhabarnepal
4 4 696x464

 

बुटवल, चैत १२ । विभागिय टिम नेपाल आर्मीलाई पराजित गर्दै आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाण्डौ बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्टिय
गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नं. ५ को आयोजनामा बुटवल १२ रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा भएको प्रतियोगितामा नेपाल
आर्मीलाई ३–१ ले हराउँदै आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी सेमिफाईनलमा प्रबेश गरेको हो ।
 निकै कडा प्रतिस्पर्धा भएको पहिलो हाफमा अगता १–० अग्रता बनाएको नेपाल आर्मीले दोस्रो हाफमा रक्षात्मक खेल्न सकेन । 
पहिलो हाफमा १ गोलले पछि परेकोे आयोजक मदन भण्डारीले दोस्रो हाफ सुधारिएको खेल खेलेको थिय। 
दोस्रो हाफमा आयोजकका लागि विदेशी खेलाडि म्याक्सले खेलको ६२ औं र ६७ औं मिनेटमा दुवैगोल हेडमार्फत गोल गरे भने अर्को एक गोल विदेश खेलाडि एबाले खेलको ७५ औं मिनेटमा गरे । 
आर्मीका लागि एक मात्र गोल खेलको १४ औं मिनेटमा विबेक बस्नेतले गरेका थिए । म्याच अफद म्याच मदन भण्डारी स्पोर्टस एकडेमिका म्याक्स भएका छन् ।उनले दश हजार नगद प्राप्त गरेका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top