तेस्रो मदन भण्डारी अन्तर्राष्टिय गोल्डकप : आज आयोजक र नेपाल आर्मीका बीच प्रतिष्पर्धा हुदैछ  

खेल चैत्र १२ २०७४ ekhabarnepal
1


बुटवल चैत  १२, 
बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्टिय गोल्डकप फुटवल प्रतियोगितामा आज आयोजक मदन भण्डारी स्पोर्टस र नेपाल आर्मीका बीच प्रतिष्पर्धा हुदै छ । अपरान्ह ३ बजेदेखि बुटवल १२ रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा मदन भण्डारी स्पोर्टस र नेपाल आर्मीका बीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरीएको छ । दुबै टीम उच्च मनोवलका साथ मैदानमा उत्रने तयारी गरेका छन ।


यसअघि हिजो भएको खेलमा झापा ११ लाई २ का बिरुद्ध ४ गोल गरी क्वाटरफाइनलमा प्रबेश गरीसकेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नं ५ को आयोजनामा बुटवलमा जारी प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस, सुदुरपश्चिम कैलाली, नेपाल आर्मी, थ्रिस्टार क्लव, हिमालय एफसी मलेसिया, नेपाल पुलिस क्लव, मनाङ मस्याङदी, सुनौलो संगम, एपिएफ क्वल र झापा ११ को सहभागिता रहेको छ ।
 १९ गते सम्म हुने प्रतियोगितामा खेल र खेलाडिहरुको प्रोत्साहनका लागि आयोजना गरिएको प्रतियोगितामा पहिलो पटक प्रति खेलाडि ३ लाख रुपैया विमा समेत गरिएको छ । प्रतियोगिता प्रथम हुनेले नगद १५ लाख, द्धितिय हुनेले नगद ७ लाख ५० हजार रुपैया प्राप्त गर्ने छन । प्रतियोगितामा सेमिफाईनल पुग्ने २ टिमले नगद १ लाख प्राप्त गर्नेछन ।

प्राप्त प्रतिकृयाहरू

To Top