यसकारण बोल्न बाध्य भए प्रदीप खड्का र पूजा शर्मा

मनोरञ्जन चैत्र ९ २०७४ ekhabarnepal
Io

 

एजेन्सी : २०७२ सालमा रिलिज भएको चलचित्र ‘प्रेमगीत’बाट नायक प्रदीप खड्का र नायिका पूजा शर्माको निकै चर्चा भयो । जुन चलचित्रबाट नायक प्रदिप खड्का उदाए, त्यस्तै निरन्तर फ्लप फिल्म दिरहेकी नायिका पूजा शर्मा पनि स्टार भईन्, दुई जनाको जोडीलाई दर्शकले एकदमै रुचाए  ।

चलचित्र प्रदर्शन भएसँगै यता दर्शकले ‘प्रेमगीत’लाई रुचाए भने उता चलचित्रको टिम बिचको दुरी बढ्दै गयो । जसको परिणाममा निर्देशक सुदर्शन थापा र पूजा शर्मा एकापट्टि भए भने निर्माता सेन र नायक प्रदिप खड्का अर्को पट्टि भए । प्रेमगीत प्रदर्शन लगत्तै बिग्रिएको सम्बन्धले मिडिया गसिपका लागि राम्रो बजार पायो ।


केही समय पछि निर्देशक थापा र नायिका शर्मा मिलेर चलचित्र ‘म यस्तो गीत गाउँछु’ बनाए । त्यस्तै यता निर्माता सेनले नायक प्रदिपलाई लिएर प्रेमगीतको सिक्वेल ‘प्रेमगीत २’ तयार पारे । दुवै चलचित्र यस वर्ष हिट चलचित्रमा दर्ता पनि भयो ।

पानी बाराबारको सम्बन्धमा रहेका प्रदीप र पूजाको भेटले यति बेला सिनेबृतमा तंरग पैदा गरेको छ । एकअर्काको मुख हेर्न सम्म नरुचाउने यी दुईको बुधवार पुतलीसडक स्थित स्टार मलमा जम्काभेट भयो । लिलीबिली प्रमोसनको लागी अन्तवार्ता दिइरहेका प्रदिप र रामकहानीको सुटिङबाट फर्किएकी पूजाको भेट भएसँगै एकै छिन् कोही बोलेनन् । जब पूजाले त्यहाँ प्रदिप र जसितालाई अन्तवार्ता  दिईरहेको देखिन,उनि बाहिर निस्किन र तल आएर बसिन।पछि प्रदिप आफै पूजासँग हास्दै केछ भनि बोले । प्रदिपले पूजालाई किन बाहिर आएको भनेर प्रश्न गरे, जवाफमा पूजाले अन्तवार्ता भइरहेकाले डिस्टर्ब होला भनेर भनिन्, त्यसपछि प्रदिपले तर हुदैनथ्यो भनि जवाफ फर्काए । दुबैजनाले एक साथ तस्बिर पनि खिचाए । हाल प्रदीप चलचित्र ‘लिलीबिली’को प्रमोसनमा छन् भने पूजा नयाँ चलचित्र ‘रामकहानी’को सुटिङमा व्यस्त छिन् ।

‘प्रेमगीत’ पछि प्रदीप र पूजाको जोडीलाई दर्शकले निकै रुचाए । यी दुईलाई एकसाथ चलचित्रमा हेर्न चाहने धेरै छन् । सँगै चलचित्र खेल्ने सम्भावना कति छ ? भनेर प्रदिपलाई सोधिएको प्रश्नमा उनी भन्छन् ‘हामी बिच केही त्यस्तै नराम्रो सम्बन्ध छैन । यदि कोही हामीलाई चलचित्र खेलाउन चाहनु हुन्छ र राम्रो कथा ल्याउनु हुन्छ भने मेरो तर्फबाट कहिले नाइँ जवाफ आउदैन् । ’

प्राप्त प्रतिकृयाहरू

To Top