आज सुरु हुने मदन भण्डारी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उदघाटन गर्न राष्टपति भण्डारी बुटवल आउदै

खेल चैत्र ९ २०७४ ekhabarnepal
290844715khel


बुटवल  चैत्र ९,
बुटवलको रामनगर खेल मैदानमा आज अपरान्ह सुरु हुने तेश्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उदघाटन गर्न राष्टपति बिद्यादेबि भण्डारी केहीबेरमा बुटवल आउदै हुनुहुन्छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमी, प्रदेश ५ को आयोजनामा हुने प्रतियोगिता आज अपरान्ह २ बजेदेखि सुरु हुदै छ । प्रतियोगिताको उदघाटन गर्न नेपाली सेनाको हेलिकप्टरमा दिउसो पौने १ बजे राष्टपति भण्डारी बुटवल आईपुग्ने कार्यक्रम रहेको एकेडेमीका प्रदेश उपाध्यक्ष मिन प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।नेपालगञ्जमा नेपाल बार एशोसिएसनको कार्यक्रमको उदघाटन गरी राष्टपति भण्डारी सोझै बुटवल आउनु हुने छ ।
 

मानबिज्ञान उच्च माबिको खेलमैदानमा १० दिनसम्म प्रतियोगिता चल्ने प्रतियोगितामा मेलसीयाको एक र नेपालका ए डिभिजनका ९ गरी १०टिमको सहभागिता रहने छ ।आज उदघाटन खेलमा मदन भण्डारी स्पाटर्स एकेडमी काठमाण्डौ र सुदुरपश्चिमाञ्चलका बीचमा प्रतिष्पर्धा हुने छ ।

 प्रतियोगिताको विजेताले १५ लाख नगद तथा दोस्रोलाई ७ लाख ५० हजार रुपैयाँ पुरस्कार दिइने  छ । त्यस्तै सेमिफाइनलमा पुग्ने २ टिमले नगर एक एक लाख पाउने छन । प्रतियोगिता अवधीका लागि प्रत्येक खेलाडीलाई ३ लाखको बिमाको समेत व्यवस्था गरीएको छ ।
भोली उदघाटन खेलमा मदन भण्डारी स्पाटर्स एकेडमी काठमाण्डौ र सुदुरपश्चिमाञ्चल केलालीका बीचमा प्रतिष्पर्धा हुने छ ।राष्टपति भण्डारीले उदघाटन गर्ने प्रतियोगिताको समापन प्रधानमनित्र केपी शर्मा ओलीले गर्ने अहिले नै तय गरीसकिएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top