सन्दीप लामिछानेले आईपीएलमा लगाउने जर्सी प्रधानमन्त्रीद्धारा सार्वजनिक गर्ने

खेल चैत्र ८ २०७४ ekhabarnepal
Sandeep lamichine 5a6dd3f8e91f74.38458782

सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग (आईपीएल) मा लगाउने जर्सी प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन् ।

यसका लागि दिल्ली डेयरडेभिल्सको टोली काठमाडौं आउँदैछ । सन्दिपले प्रधानमन्त्रीबाट जर्सी सार्वजनिक गर्ने तय भएको पुष्टि गरे । तर, समय भने यकिन भइसकेको छैन ।

सन्दीप आईपीएल खेल्न मंगलबार दिल्ली जाने कार्यक्रम छ ।आईपीएलको अक्सनमा दिल्ली डेयरडेभिल्सले सन्दिपलाई २० लाख भारुमा अनुबन्ध गरेको थियो ।

उनी आईपीएलमा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर हुन् ।

प्राप्त प्रतिकृयाहरू

To Top