जापान भ्रमण गर्न जादैछन चिनियाँका प्रधानमन्त्री

विश्व चैत्र ६ २०७४ ekhabarnepal
20140211chinese premier li

चैत्र ६,   चिनियाँ प्रधानमन्त्री लि खछ्याङले यस वर्षको मध्यतिर जापानको भ्रमण गर्न आउने भएका छन्। चीन जापान संयुक्त बैठकका लागि उहाँ जापान जान लाग्नुभएको बताइएको छ । दुई देशका नेताहरुको सम्मेलनमा भाग लिन उनि जापान जाने विचार गरेको बताइएको छ ।
‘जापानी प्रधानमन्त्री सिन्जो आबेले मलाई केही विशेष अवसरमा सहभागिताका लागि आमन्त्रण गरेका थिए त्यसैले यसै वर्षको मध्यतिर म जापान जाने– प्रधानमन्त्री खछ्याङ्ले बताए ।
त्यस समयमा दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने पनि उहाँले जानकारी दिए । तर त्यस अवसरमा हुनसक्ने अरु केही सहयोग आदानप्रदान तथा सम्झौताका विषयमा भने उनि केहि बोलेनन् ।
मङ्गलबार चिनियाँ राजधानी बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो जानकारी दिएका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top