बुटवलमा संचालन हुदैछ मदन भण्डारी कप अन्तराष्ट्रिय टुर्नामेण्ट : प्रथम पुरस्कार १५ लाख

खेल चैत्र ६ २०७४ ekhabarnepal
Vlcsnap 2018 03 20 13h18m49s320


 बुटवल चैत्र ६, 
नेपालमै सर्वाधीक राशिको तेस्रो मदन भण्डारी कप अन्तराष्ट्रिय फुटवल टुर्नामेण्ट बुटवलमा संचालन हुने भएको छ ।
चैत्र ९ गतेबाट सुरुहुने टुर्नामेण्टको राष्टपति बिद्यादेबी भण्डारीले उदघाटन गर्ने कार्यक्रम रहेको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले जानकारी दिएको छ । आज एकेडेमीले पत्रकार सम्मेलन गर्दै टुर्नामेण्टको सम्पूर्ण तयारी पुरा भएको बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै एकेडेमीका अध्यक्ष नरबहादुर घर्तीले प्रतियोगितामा नेपालका ९ टिम सहित मलेसियाको हिमालयन टिमले टुर्नामेण्टमा सहभागिता जनाउने जानकारी दिनुभयो ।
आयोजकका अनुसार टुर्नामेण्टमा आयोजक टिम, सुदुर पश्चिम ११, नेपाल आर्मी क्लब, थ्री स्टार क्लब, हिमालयन मलेसिया, झापा ११, शसस्त्र प्रहरी एपीएफ क्लब, सुनौलो संगम ११ बुटवल, मनाङ मस्र्याङ्दी क्लब र नेपाल प्रहरी क्लबले सहभागिता जनाउनेछन् । प्रतियोगितामा प्रथम हुनेलाई १५ लाख र दोस्रो हुनेलाई ७ लाख ५० हजार पुरस्कार प्रदान गरिने छ भने खेल अवधिभरका लागि प्रत्यक खेलाडीको ३ लाख बराबरको बिमा समेत गरिएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top