नेपाली क्रिकेट टोली आज बेलुकी ५ः५५ बजे त्रिभुवन विमास्थलमा फर्कदै

खेल चैत्र ५ २०७४ ekhabarnepal
Nepal8765


आइसीसी विश्वकप छनोट क्रिकेट खेल्न जिम्बाबे गएको नेपाली क्रिकेट टोली आज बेलुकी ५ः५५ बजे त्रिभुवन विमास्थलमा आइपुग्ने भएको छ ।

विश्वकप क्रिकेट छनोट अन्तर्गत दुई खेल जितेको नेपालले क्रिकेट इतिहासमा सबैभन्दा ठूलो उपलब्धि हासिल गरेको छ ।

नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाएको छ ।

समूह चरणमा हङकङलाई जितेको नेपालले पहिलो प्लेअपमा पपुवा न्यूगिनीलाई हराउदै एकदिवसीय मान्यता पाएको हो ।

सातौं स्थानका लागि भएको खेलमा भने नेदरल्याण्ड्संग ४५ रनले हारेको नेपाल आठौं स्थानमा रहन सफल भएको हो ।

प्राप्त प्रतिकृयाहरू

To Top