सोमबार साँझ स्वदेश फकिर्दैछन् नेपाली क्रिकेट टिम 

खेल चैत्र ४ २०७४ ekhabarnepal
Nepali cricket team 710x444

 


नेपाललाई एकदिवसीय मान्यता दिलाउन सफल नेपाली क्रिकेट टिम सोमबार साँझ स्वदेश फर्किने भएको छ ।

जिम्बाम्बे गएर नेपाली क्रिकेटमा ऐतिहासिक उपलब्धि हात पार्न सफल नेपाली क्रिकेट टिम सोमबार साँझ ६ बजे काठमाडौं आइपुग्ने नेपाली टोलीका म्यानेजर रमण सिवाकोटीले जानकारी दिएका छन्।

नेपालले सन् २०२२ सम्मका लागि एकदिवशीय मान्यता पाएको छ ।नेपाली टिमको स्वागतमा विमानस्थलमा समर्थकको भीड लाग्ने अपेक्षा गरिएको छ । यसका साथै क्रिकेटसँग सम्बन्धीत ब्यक्तिहरु पनि विमानस्थल पुग्ने बुझिएको छ। जिम्बावेबाट इमिरेट्स विमानमा युएई हुँदै नेपाली टिम काठमाडौ ओर्लिने छ।

शनिबार नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएपछि नेपाल आठौं स्थानमा रहँदै जिम्बाम्बेको यात्रा टुंग्याएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top