चैत २ ,
जिम्बाब्वेमा विश्व कप क्रिकेट छनौट प्रतियोगितामा बिहीवार पपुआ न्यूगिनीलाई हराएर एकदिवसीय टोलीको मान्यता पाएपछि संसारभरबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीले बधाई र स्याबासी पाइरहेको छ।
सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा नेपालले क्रिकेटमा हात पारेको उपलब्धि प्रमुख चर्चाको विषय बनिरहेको छ।
देश विदेशका चर्चित व्यक्तिहरू र क्रिकेट सम्बद्ध निकायहरूले नेपालको सफलताको मुक्तकण्ठले प्रशंसा गरेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले नेपालको उपलब्धिलाई ऐतिहसिक भन्दै नेपाली खेलाडीहरूले खुशी मनाइरहेको क्षणलाई आफ्नो ट्वीटर र फेसबुक खाताको मुख्य तस्वीर बनाएको छ।
प्राप्त प्रतिकृयाहरू