दिपेन्द्र र आरिफ क्रिजमा : नेपालले जित निकाल्न अझै ५५ रन आवश्यक

खेल चैत्र १ २०७४ ekhabarnepal
5298534bating

 

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत प्लेअफमा पपुवा न्युगिनीले दिएको ११५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको नेपालले ५० रन पुरा गरेको छ ।

नेपालले १२ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ६० रन बनाएको हो । अब नेपाललाई जित निकाल्न ५५ रन आवश्यक रहेको छ । नेपालका लागि युवा खेलाडीद्वय दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले नेपाली पारी सम्हालिरहेका छन् ।  दिपेन्द्र १६  र आरिफ १० रनमा खेलिरहेका छन्  ।

त्यसअघि नेपालले कप्तान पारस खड्कालाई २०, अनिल कुमार शाहलाई ९ र  उपकप्तान ज्ञानेन्द्र मल्ललाई  १ रनमा गुमाएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले २७ ओभर २ बलमा अलआउट हुँदै ११४ रन बनाएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top