पपुवान्युगिनीसंगको प्रतिस्पर्धा जितेमा नेपालले इतिहासमै पहिलोपटक एकदिवसीय मान्यता पाउनेछ 

खेल चैत्र १ २०७४ ekhabarnepal
Nepali cricket team 1jbnjgmizn

काठमाडौं चैत्र १ ,

आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताको शीर्ष ६ मा पर्न असफल नेपालले प्लेअफमा पपुवान्युगिनीविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ । कप्तान पारस खड्काले टस जितेर पीएनजीलाई ब्याटिङको निम्तो दिएका हुन् । आजको खेल जित्दा नेपालले इतिहासमै पहिलोपटक एकदिवसीय मान्यता पाउने सम्भावना छ भने हारेमा 'डिभिजन टू'मा घटुवा हुने खतरा ।
प्लेअफको अर्को खेलमा हङकङले नेदरल्याण्ड्ससंग प्रतिस्पर्धा गर्दैछ । यो खेलमा नेदरल्याण्ड्सले जितेको खण्डमा नेपाल र पीएनजीबीचको खेलको विजेताले एकदिवसीय मान्यता पाउने छ । हङकङले जितेमा भने त्यसपछि हुने सातौं स्थानको प्लेअफ जित्ने टोलीलाई सो सौभाग्य प्राप्त हुनेछ ।आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सिप विजेताको हैसियतमा नेदरल्याण्डले एकदिवसीय मान्यता पाइसकेको छ ।
जारी प्रतियोगितामा 'समूह ए'मा रहेको पीएनजीले हालसम्म एक खेल पनि जितेको छैन, 'समूह बी'मा रहेको नेपालले चारमध्ये १ खेल जितेको छ । 'समूह बी'मा चौंथो भएको नेपालले अर्को समूहमा अन्तिम भएको टोलीसंग प्रतिस्पर्धा गर्न लागेको हो ।
पछिल्ला दुई भेटमा निरासा !
पपुवान्युगिनीसंग भएका पछिल्ला २ भेटमा नेपाल निरास बनेको थियो । आईसीसी लिग च्याम्पियन्सिपमा नेपालसंगको दुवै खेल जितेको पीएनजीले शीर्ष ४ मा पर्दै विश्वकप छनोटमा सिधै स्थान बनाएको थियो । नेपाल भने 'डिभिजन टू'मा घटुवा भई पुन: बढुवा भएर आएको हो ।टी-ट्वान्टी फर्म्याटमा विश्वकपसमेत खेलिसकेको नेपालका लागि सम्भवत: यो इतिहासकै सबैभन्दा महत्त्वपूर्ण खेल हो । एकदिवसीय मान्यता पाएको खण्डमा आईसीसीले नेपाललाई उपलब्ध गराउने रकममा भारी वृद्धि हुनेछ भने बलिया टोलीहरूसँग नियमित खेल्ने अवसर पनि ।

प्राप्त प्रतिकृयाहरू

To Top