सिक्किममा हुदैछ तेस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन 

मनोरञ्जन फागुन ३० २०७४ ekhabarnepal
576317879inls literature convention

काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन सिक्किममा हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रको र अनेसास सिक्किम च्याप्टरको आयोजनामा अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा यही चैत १० र ११ गते भारतको सिक्किममा तेस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलन आयोजना हुने भएको हो । 

सम्मेलनकी संयोजक तथा अनेसास सिक्किम च्याप्टरकी अध्यक्ष डा। पुष्प शर्माका अनुसार सम्मेलनमा सिक्किमका मूख्यमन्त्री पवन चामलिङको प्रमुख अतिथ्यता रहनेछ । अनेसास केन्द्र महिला समितिकी सदस्य तथा अनेसास अष्ट्रेलियाकी अध्यक्ष सानु घिमिरेका अनुसार नेपाल तथा भारतमा रहेका विशिष्ट नेपाली साहित्यकारको उपस्थिति रहने उक्त सम्मेलनमा नेपालबाट ५० जाना तथा अन्य २० देशबाट अनेसास प्रतिनिधीहरुको सहभागिता रहनेछ । 

सम्मेलनमा बरिष्ठ नेपाली साहित्यकार तथा विभिन्न देशमा रहेका प्रवासी नेपाली साहित्यकारहरुले विभिन्न कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । 

यसअघि अनेसासले आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन अमेरिकाको न्यूयोर्कमा भएको थियो भने दोश्रो सम्मेलन अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको थियो । 

प्राप्त प्रतिकृयाहरू

To Top