विद्यादेवी भण्डारी दुई तिहाई मतका साथ राष्ट्रपतिमा निर्वार्चित

राजनीति फागुन २९ २०७४ ekhabarnepal
President bidhya nomination4


काठमाडौं, फागुन २९

राष्ट्रपति विद्यादेवी भण्डारी नै दोस्रो कार्यकालका लागी अत्याधिक मत ल्याएर निर्वाचित भएकी छन् । दुई तिहाई मतका साथ दोस्रो कार्यकालका लागी निर्वाचित भण्डारीले अबको ५ वर्ष पुनः राष्ट्रप्रमुखको भूमिका रुपमा जिम्मेवारी सम्हाल्ने छन् ।

बाम गठबन्धन सहित राष्ट्रिय जनता पार्टी र संघिय समाजवादी फोरमको मत भण्डारीले पाएकी थिइन् । भण्डारीले ३९ हजार २९५ मतभार पाउँदा कांग्रेसबाट उम्मेदवार बनेकी कुमारी लक्ष्मी राईले ११७३० मतभार पाएकी छन् ।

भण्डारी २७ हजार ५ सय ४५ बढी मतभारले विजयी भएकी हुन् । प्रदेशसभाका ५ जना र संघीय संसदका ३ जना सांसदको मत वदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top