विमान दुर्घटनामा परेका घाइतेलाई अस्पताल पुगेर भेटे सभापति देउवाले

समाज फागुन २९ २०७४ ekhabarnepal
Deubaa ba

 

काठमाडौँ फागुन २९ , 

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विमान दुर्घटनामा घाइते भएकाहरुलाई अस्पताल पुगेर भेटेका छन् ।

सोमबार युएस बंगला एयरलाइन्सको विमान काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ४९ जनाको मृत्यु २२ जना घाइते भएका थिए ।

देउवाले सिनामंगलको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत बिरामीलाई भेटी उनीहरुको अवस्थाबारे जानकारी लिएका हुन् ।

उनले घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कन्जुस्याइँ नगर्न आफूले सरकारसँग माग गरिसकेको बताए ।

देउवाले दुर्घटनामा परेका घाइतेहरुको निशुल्क उपचारका साथै आवश्यक क्षतिपूर्ति दिलाउन सरकासँग पहल गर्ने पनि बताएका उनको निजी सचिवालयले जनाएको छ ।

‘सर्वप्रथम म तपाईहरुको सीघ्र स्वास्थ्य लाभको कामना गर्दछु’ उनले घाइतेहरुसँगको भेटमा भने  ‘उपचारमा कुनै कमी आउन नदिन र आवस्यक क्षतिपूर्तिको लागि सरकारसँग आजै पहल गर्छु ।’

प्राप्त प्रतिकृयाहरू

To Top