विमान दुर्घटनाको बारेमा जानकारी लिन बंगलादेशी टोली नेपाल आउँदै

समाज फागुन २९ २०७४ ekhabarnepal
 100379057 rss images 1520849651104 ros ktm 20180312 img 9883

काठमाडौँ फागुन २९ ,

 सोमबार (हिजो) भएको बंगलादेशी विमान दुर्घटनाको अवस्थाबारे जानकारी लिन उच्चस्तरीय टोली नेपाल आउने भएको छ । टोली आज दिउँसो काठमाडौं आउन लागेको हो । 
स्रोतका अनुसार बंगलादेशी टोलीको नेतृत्व त्यहाँका नागरिक उड्डयन तथा पर्यटनमन्त्री एकेएम शाहाजहान कमालले गर्नेछन् । टोलीमा त्यहाँका सुरक्षा अधिकारी पनि रहनेछन् । 

विमान दुर्घटनामा परेका पीडितका आफन्त र उद्धारकर्तासहित ४६ जनाको टोली काठमाडौं आइसकेको छ ।

हिजो त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको यूस बंगला विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो । दुर्घटनामा घाइेते २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 
 

प्राप्त प्रतिकृयाहरू

To Top