त्रिभुवन विमानस्थलमा बंगलादेशबाट आएको विमानमा आगलागी,३० यात्रुको शव निकालियो 

समाज फागुन २८ २०७४ ekhabarnepal
Us bangal2


काठमाडौँ,फाल्गुन २८

त्रिभुवन विमानस्थलमा ढाकाबाट आएको युएस बंग्लाको एक विमानमा आगलागी भएको छ। केही यात्रुका शव केएमसीका, केही नेपाली विद्यार्थी पनि परे । बंगलादेशबाट चालकदलका ४ सहित ७१ यात्रु लिएर काठमाडौँ आएको विमान अवतरणका क्रममा धावनमार्गबाट पर उछिट्टिएर आगलागीमा परेको थियो।

युएस बांग्ला एयरको विमान दुर्घटनाका २७ यात्रुहरुलाई उपचारका लागि भन्दै सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज लगिए पनि ८ जनाको पहिल्यै ज्यान गइसकेको अस्पताल स्रोतले जानकारी दिएको छ। तीमध्ये धेरै नेपाली विद्यार्थी रहेको र अधिकांश शव जलेको अस्पतालले जानकारी दिएको छ।


 त्रिभुवन विमानस्थलमा ढाकाबाट आएको विमानमा लागेको आगलागी नियन्त्रणमा आए पनि विमान लगभग पूर्ण रुपमा क्षति भएको र विमानभित्रका ठूलो संख्याका यात्रुको ज्यान गएको सुरक्षा स्रोतले जानकारी दिएको छ।

सुरक्षा स्रोतले करिब ५० यात्रुको ज्यान गएको जानकारी दिएको छ। मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने समेत सुरक्षा स्रोतले जानकारी दिएको छ।


गम्भीर घाइते भएका आधा दर्जनजति यात्रुलाई एम्बुलेन्समा राखेर अस्पतालतर्फ लगिएको स्रोतले जानकारी दिएको छ।

अन्य यात्रुहरुलाई उद्धार गरिने प्रयास जारी रहेको सुरक्षाकर्मीहरुले जानकारी दिएका छन्। 
 अहिलेसम्म  निधन भएका ३० यात्रुको शव निकालिसकिएको छ।

अस्पतालमा लगेका यात्रुहरुमध्ये चार जनाको अवस्था अाशापूर्ण रहे पनि बाँकी यात्रुको अवस्था दुखद रहेको विमानस्थलमा रहेका एक उच्च सुरक्षा अधिकारीले  जानकारी गराए।

विमानको अवस्था हेर्दा थप यात्रु जीवित रहने सम्भावना एकदमै कम रहेको सुरक्षाकर्मीहरुले बताएका छन्।


युएस बंग्लाको उक्त क्यानेडियन एयरक्राफ्टमा ६७ यात्रु र चालकदलका चार सदस्य थिए। उक्त विमान ढाकाबाट काठमाडौँ आएको थियो।

प्राप्त प्रतिकृयाहरू

To Top