विश्वकप छनोट क्रिकेटको अन्तिम खेल : हङकङले टस जित्यो, नेपालले बलिङ गर्दै

खेल फागुन २८ २०७४ ekhabarnepal
Download

 

काठमाडौं । आईसीसी विश्वकप छनोट क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले टस हारेर पहिलो बलिङ गर्ने भएको छ । हङकङले टस जितेर ब्याटिङ रोजेको हो ।

नेपाल र हङकङबीचको खेल बुलावायो एथ्लेटिक क्लबको मैदानमा हुँदैछ । यो खेल नेपाल र हङकङलाई उत्तिकै महत्वपूर्ण छ । हङकङलाई भारी अन्तरले पराजित गरेमा सुपर सिक्समा पुग्ने सम्भावना नेपालको अझै बाँकी छ । झिनो अन्तरले नेपालले हङकङलाई हराए अफगानिस्तान सुपर सिक्समा पुग्ने छ ।

नेपाल पराजित भएमा हङकङ सुपर सिक्समा पुग्नेछ ।

नेपालले अहिलेसम्म जारी प्रतियोगितामा खेलेको तीनै खेलमा पराजित भएको छ । पहिलो खेलमा टेष्ट नेशन राष्ट्र जिम्बावेसँग ११६ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको थियो । आफ्नो तेस्रो खेलमा भने अफगानिस्तानसँग ६ विकेटले पराजित हुदै प्रतियोगितामा निकै खराब प्रदर्शन गरेको हो ।

यता, हङकङले भने पहिलो खेलमा स्कटल्याण्डसँग ४ विकेटको पराजय भोगेको थियो । तर दोस्रो खेलमा भने उत्कृष्ट प्रदर्शन गर्दै अफगानिस्तानमाथि ३० रनको जित दर्ता गराएको थियो । आफ्नो तेस्रो खेलमा हङकङ आयोजक जिम्बावेसँग ८९ रनले पराजित भएको थियो ।   तस्बिर, आईसीसी

प्राप्त प्रतिकृयाहरू

To Top