सिद्धार्थ उवासंघमा न्यौपाने प्यानल सहित निर्वाचित

अर्थ फागुन २८ २०७४ ekhabarnepal
333983379cci

 


भैरहवा, फाल्गुण २७ ।

सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा कुल प्रसाद न्यौपाने निर्वाचित हुनु  भएको छ ।
न्यौपाने  आफना प्रतिद्धन्दि डा शान्त कुमार शर्मालाई पराजित गर्दै निर्वाचित हुनु भएको हो ।
हिजो भएको मतदानको आज दिउसो मात्रै मतगणना सम्पन्न भएको हो । अन्य पदाधिकारीमा पनि न्यौपाने समुहकै निर्वाचित भएका छन ।
  वरिष्ठ उपाध्यक्षमा भिष्म न्यौपाने, उद्योग उपाध्यक्षमा अरुण गोयन्का, वाणिज्य उपाध्यक्षमा ठाकुर कुमार श्रेष्ठ ,महासचिवमा नेत्र प्रसाद आचार्य,कोषाध्यक्षमा दिलिपकुमार कान्दु र सचिवमा  विजय पाण्डे निर्वाचित हुनु भएको छ  ।
त्यस्तै उद्योग सदस्यमा गोबिन्द ज्ञवाली, मंगल भण्डारी, रमेश घिमिरे, सुरेन्द्र उपाध्याय र  भुवन कुमार कान्दु बाणिज्य सदस्यउमा हरीश कुमार सेठिया, धर्मबीर शर्मा, गौरव श्रेष्ठ, सञ्जय कुमार, प्रितम रौनीयार, अर्जुन कार्की कमल मरासीनी, गोपाल भण्डारी, त्रिलोकी प्रसाद तेली, र गंगा प्रसाद अग्रहरी निर्वाचित हुनु भएको छ ।
यसअघि महिला उद्योग सदस्यमा पल्लबी न्यौपाने, महिला बाणिजय सदस्यमा यमकला न्यौपाने र बस्तुगत सदस्यमा कृष्ण प्रसाद घिमिरे निर्बिरोध निर्वाचित हुनु भएको थियो ।

 
 

प्राप्त प्रतिकृयाहरू

To Top