डाइनेटिक्स सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

स्वास्थ्य फागुन २७ २०७४ ekhabarnepal
Dianetics1


काठमाडौं, फागुन २८
  डाइनेटिक्स इन्टरनेशनलको सहकार्यमा साइन्ट्रोलोजी भोलेन्टिय नेपालको आयोजनामा डाइनेटिक्स सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
मानसिक स्वास्थ्यको आधुनिक विज्ञान भनेर चिनिने डाइनेटिक्सको गोष्ठी नेपालमा पहिलो पटक आयोजना गरिएको हो । डाइनेटिक्समा रुची राख्ने १०५ जनाको सहभागिता रहेको यो गोष्ठी दक्षिण एशियाकै ठुलो र विश्वका ठुला गोष्ठीहरु मध्येको एक रहेको आयोजकको दावी छ । 

चावहिल स्थित स्तुपा ग्राण्डमा फागुन २४ गतेदेखी २६ गतेसम्म संचालन भएको गोष्ठीमा ८ जना नेपालीहरु सहित बेलायतबाट आएकी रिता निकाम्मा र अमेरिकाका जोना आदिले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए ।

बिगतका घट्ना मष्तिस्कमा दबिएर वस्ता शरिरलाई कसरी विरामी बनाई रहेको हुन्छ र त्यसलाई एल्रन हब्वडद्धारा प्रतिपादित डाइनेटिक्सको विधीबाट कसरी हटाउन सकिन्छ भन्ने विषयमा छलफल र विधीको प्रयोग समेत भएको साइन्ट्रोलोजी भोलेन्टियर नेपालका प्रडक्सन डाइरेक्टर अजय अधिकारीले जानकारी दिए । 

गोष्ठीसंगै डाइनेटिक्सको यो विधीलाई देशभर पु¥याउन रितिसा श्रेष्ठको संयोजकत्वमा एक समिती समेत गठन भएको साइन्ट्रोलोजी भोलेन्टियर नेपालका शैलेन्द्र केसीले जानकारी गराए ।

२०७२ सालमा गएको विनासकारी भुकम्पपछि उद्दार, राहत र पुर्ननिर्माणमा  साइन्ट्रोलोजी भोलेन्टिय मिनिष्टरले काम गरेसँगै यसको नेपाल च्याप्टर गठन भएको थियो । नेपाल च्याप्टरले गरेको कामको उच्च मुल्याङ्कन गर्दै गत अक्टोवर ७ मा साइन्ट्रोलोजीको सवैभन्दा ठुलो पुरष्कार फ्रिडम मेडल उइनरबाट नेपाल च्याप्टरका राष्ट्रिय संयोजक बिनोद शर्मालाई बेलायतमा सम्मान समेत गरिएको थियो । नेपालबाट यो पुरस्कार पाउँने नार्कोनन्का बशन्त कुवर पछि शर्मा मात्र हुन् ।
 

प्राप्त प्रतिकृयाहरू

To Top