आजको तेस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै

खेल फागुन २६ २०७४ ekhabarnepal
Download %281%29

काठमाडौं फागुन २६,

विश्वकप छनोट अन्र्तगतको आफ्नो तेस्रो खेलमा शनिबार नेपालले अफगानिस्तानको सामना गर्दैछ । जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा नेपाल टस जितेर ब्याटिङ रोजेको छ । 

प्रतियोगितामा नेपाल र अफगानिस्तान दुबै पहिलो जितको खोजीमा हुनेछन् । यसअघिका तीन खेलमा पराजित भएको अफगानिस्तानका लागि सुपर सिक्समा स्थान बनाउन आजको खेल जित्नैपर्ने दबाव रहेको छ । यता नेपालका लागि यो तेस्रो खेल हो र नेपालले यसअघिका दुई खेलमा जिम्बावे र स्कटल्याण्डसँग पराजित भएको छ ।
नेपालले अफगानिस्तानलाई एकदिवशीय क्रिकेटमा एकपटक मात्र हराउन सकेको छ । सन् २००४ को एसीसी ट्रफीमा नेपालले अफगानिस्तानलाई हराएको थियो । त्यसयताका ६ भेटमा अफगानी टोली विजयी हुँदै आएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top